समाचार
कार्यालय बन्द रहने सम्वन्धमा
विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस कोमिड- १९ को संक्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्लास्तरीय कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (DCCMC) OPS), महोत्तरीको मिति २०७८ ०१ । १९ गते को निर्णय अनुसार मिति २०७८/०१/२२ गते देखि महोत्तरी जिल्ला भर लागु हुने गरी निषेधाज्ञा जारी गरिएकोले यस पिपरा गाउँ कार्यपालिकाको कार्यालय र मातहतका कार्यालयहरु बाट संचालन गरिदै आएका सेवाहरु मध्ये स्वास्थ्य सेवा बाहेक अन्य सेवाहरु मितिः २०७८/०१/२२ देखि २०७८/०१/३१ गते सम्म बन्द रहने व्यहोरा सर्वसाधारण सबैलाई जानकारी गराइन्छ । यस बाट सेवाग्राहीहरुमा पर्न गएको असुविधा प्रति कार्यालय क्षमा प्रार्थी छ ।