FAQs Complain Problems

प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना

प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मिति :-२०७७/०४/२३ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.स. २०७७/७८ च.नं. PMEP/ २३ को मिति २०७७/०४/१२ को पत्रानुसार यस पिपरा गाउँपालिकामा संचालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिक ले १५ दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेका रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ। म्याद भित्र नबुझाएका र रीत नपुगी आएकादरखास्त उपर कुनै किसिमको कारबाही हुने छैन। १. आवश्यक न्यूनतम योग्यता र अनुभव: (क) सिभिल इन्जिनियरिङ प्रविणता प्रमाण पत्र तह वा ओभरसियर वा डिप्लोमा तह उतीर्ण भएको, विदेशी विश्वविधालयबाट अध्ययन गरेको भए समकक्षताको प्रमाण पत्र पेश गर्ने। (ख) अनुभव र सीप:- प्राविधिक सहायकमा देहायक अनुभव र सीप आवश्यक पर्नेछ। कम्तीमा ३ महिने तालिम लिई आधारभूत कम्प्यूटर सीप भएको । पूर्वाधारको निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरीवेक्षण . . र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक सम्बन्ध सम्बन्धी सीप सहित कम्तीमा ६ महिनाको अनुभव भएको। (ग) उमेर :- कम्तीमा १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको (घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको (ङ) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी कुनै कारवाही नभएको २. आवेदन पाइने स्थान :- रु. ५०/- तिरि पिपरा गाउँपालिकाको कार्यालय, पिपरा, महोत्तरी बाट प्राप्त गर्न सकिन्छ । ३. दरखास्त दिने स्थान :- पिपरा गाउँपालिकाको कार्यालय, पिपरा, महोत्तरी ४. दरखास्त दिने अन्तिम मिति :- २०७७/०४/०५ ५. आवेदनको दस्तुर रु. ५००/- राजश्व शाखा, पिपरा गाउँपालिकाको कार्यालय, ६. छनौटको किसिम :- प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र लिखित परीक्षा

आर्थिक वर्ष: