समाचार
पिपरा गाउँपालिकामा कोरोना रोकथामका लागि क्वारेन्टाइन स्थापना
(कोभिड–१९) कोरोना भाइरस सम्भावित जोखिमलाई रोकथाम गर्न पिपरा गाउँपालिका महोत्तरीमा क्वारेन्टाइन स्थापना गरिएको छ । पिपरा गाउँपालिका स्थित पिपरा प्राथमिक स्वास्थ्य केन्द्रको पुरोना भनवमा १५ शैथ्याको क्वारेन्टाइन स्थापना गरिएको हो ।स्वास्थ्य केन्द्रको पुरोना भनवमा बनाईएको क्वारेन्टाइनमा १ वटा चिकित्सक,२ एच,ए र ५ वटा नर्स रहनेछ । कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै पुर्वतयारी स्वरुप क्वारेन्टाइन स्थापना गरिएको हो । अहिले स्वास्थ्य केन्द्रको पुरोना भनवमा तत्काल जम्मा १५ वटा क्वारेन्टाइन स्थापना गरिएको र अवश्यता परेमा थप स्थापना गर्नेछौ ।लकडाउनमा यहाँका नागरिक घरभित्रै बसी कार्यान्वयनमा सहयोग गरिदिनहुन गाउँपालिका अध्यक्षले आग्रह समेत गर्नु भएको छ ।क्वारेन्टइनका लागि कम्बल ३० थान, झुल १५ थान, वाल्टी र जग ४–४ थान नेपाल रेडक्रस सोसाइटी शाखा जलेश्वर मार्फत पिपरा गाउँपालिका लाई हस्तान्त्ररण गरेका छन। पिपरा गाउँपालिकाका उपाध्यक्ष ननु कुमारी दास प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।