FAQs Complain Problems

सहयोगका लागि अपिल

अपिल                                   अपिल                                   अपिल

 

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) को सम्भावित संकमणको रोकथाम, नियन्त्रण र उपचार कार्यको लागि नेपाल सरकारले घोषणा गरेको लक डाउनको कारण प्रतिकुल अवस्थाबाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, विपन्न तथा असहायहरुलाई जीवनयापनका लागि स्थानीय तहबाट राहत उपलब्ध गराउने कार्य जारी रहेको हुँदा उक्त प्रतिकुल अवस्थालाई व्यवस्थापन गर्नका निमित्त इच्छुक जनप्रतिनीधी, राष्ट्रसेवक उद्योगी,व्यवसायी, राजनीतिक दल, विभिन्न पेशा, व्यवसायी गर्ने व्यक्ति, संघ-संस्था समाजसेवी लगायत आम सर्वसाधारणलाई पिपरा गाउँपालिकामा अवस्थित एभरेष्ट बैंकमा रहेको ग.२ स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता ०६२००१०६२०००१५ मा सहयोग रकम जम्मा गरी सो को जानकारी यस कार्यालयमा पठाई सहयोग गरि दिनु हुन अनुरोध छ । साथै जिन्सी वा खाद्यान सामग्री सहयोगको हकमा नेपाल सरकारबाट एक द्वार प्रणाली द्वारा राहत वितरण गर्ने निर्देशन भए बमोजिम सहयोग गर्ने उपरोक्त उल्लेखित महानुभावहरुले यस कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध छ । साथै यस विपदमा सहयोग गर्नु हुने दाताहरुको नामावली तथा यस खाताबाट खर्च हुने लगायतका विवरण सार्वजनिक हुने व्यहोरा समेत जानकारी को लागि अनुरोध छ ।

आर्थिक वर्ष: