FAQs Complain Problems

न्यूनतम रोजगारीमा संलग्न हुनको लागि म्याद थप गरिएको सूचना

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगारीको हकसम्बन्धी ऐन, २०७५ को दफा ११, रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम आगामी आर्थिक बर्ष २०७६/७७ का लागि न्यूनतम रोजगारीमा संलग्न हुन निवेदन दिने म्याद २०७६ बैशाख मसान्तसम्मका लागि थप गरिएको हुदा ईच्छुक बेरोजगार व्यक्तिहरुले आफुले स्थायी बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ |

यस सम्बन्धी विस्तृत जानकारीको लागि रोजगारी सेवा केन्द्र, पिपरा गाउँपालिका, पिपरा, महोत्तरी बाट लिन सकिने छ वा प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइट www.pmep.gov.np बाट प्राप्त गर्न सकिने छ |

निवेदन संग बुझाउनु पर्ने कगजाज
१. नागरिकता को फोटोकपी -१ प्रति
२. फोटो-१ प्रति
३. निवेदक अपांग भएको खण्डमा अपांग भको प्रमाणित प्रचय-पत्र (अपांग कार्ड) को फोटोकपी -१ प्रति

आर्थिक वर्ष: