FAQs Complain Problems

गाउँपालिकामा मास्क र साबुन वितरण

पिपरा गाउँपालिकाले कोरोना भाइरसको संक्रमण बढ्न नदिनका लागि स्वास्थ्य सामग्री वितरण गरेको छ । पिपरा गाउँपालिकाले विहिवार स्वास्थ्य सामाग्रीहरु मास्क र साबुन वितरण गरेको हो । कोरोना भाइरसको मध्य नजर गर्दै पिपरा गाउँपालिकाले स्वास्थ्य सामग्री वितरण कार्यलाई निरन्तरता दिदैं आज पनि मास्क र साबुन वितरण गरेको हो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी नियन्णको लागी वडा वडामा पुगेर पिपरा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरी र उपाध्यक्ष ननु देवी दासले स्वास्थ्य सामग्री मास्क र साबुन वितरण गरेका छन ।विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ अर्थात कोरोना भाइरसबाट बच्न र रोकथामका लागि समयमा नै मास्क र साबुन लगायतको स्वास्थ्य सामग्री वितरण गर्नु गाउँपालिकाको सहारनीय कार्य रहेको स्थानीयहरुले बताएका छन ।

यस घडीमा अध्यक्ष विक्रम चौधरी र उपाध्यक्ष ननु देवी दासले आफै गाउँपालिकाबासीलाई मास्क र साबुन वितरण गरेकोमा स्थानीयहरुले आफ्ना जनप्रतिनिधिहरुको प्रशंसा समेत गरे । मास्क र स्वास्थ्य सामग्रीको नाममा आम जनताको स्वास्थ्य जीवन संग खेलवाड नगर्न अध्यक्ष चौधरी र उपाध्यक्ष दासले आग्रह गरेका थिए ।

यता अध्यक्ष चौधरीले कोरोना भाइरसबाट बाच्न स्वास्थ्य सामग्री वितरण गर्नुका साथै गाउँपालिकावासीलाई कोरोना भाइरस सम्बन्धी जानकारी तथा त्यसबाट बाँच्ने उपायको विषयमा जानकारी गराएका थिए ।

आर्थिक वर्ष: