FAQs Complain Problems

कर्मचारी सम्मान कार्यक्रम वडा नं ५ मा सम्पन्न

पिपरा गाउँपालिकाको वडा नम्बर – ५ सहोडवाले त्यस वडा अन्तर्गत कार्यालयहरुमा कार्यरत सरकारी कर्मचारीहरुलाई सम्मान गरेको छ ।
उक्त कर्यक्रम पिपरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजकिशोर झा को प्रमुख आतिथ्यता र वडा नं.५ का वडा अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा वडा न. ५ का वडाध्यक्ष रतन मुखिया , राजेश्रावर साह ,राजकाली देवी ,जितनी देवी महरा उपस्थि हुनुहुनथ्यो । कार्यक्रममा प्रमुख अतिथि राजकिशोर झा लाई वडा नं.५ का वडा अध्यक्ष शम्भु प्रसाद यादवले दोसल्ला ओढाई सम्मान गरेका थिए । त्यसै गरी कार्यक्रममा आमन्त्रित अतिथि पिपरा गाउँपालिकाका सूचना प्रबिधि अधिकृत राजिब कुमार झा लाई अध्यक्ष यादवले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

कार्यक्रममा वडा कार्स्वायालयका २ जना , स्वास्थ्य सेवा तर्फका ६ जना ,त्यासी गरि बिध्लाया शिक्षक तथा कर्मचारी गरि ३२ ,अतरिक्जत हुलाक कार्नायालय सहोडवा क २ जना गरि जम्मा ४२ जना कर्मचारीहरुलाई सरकारी सेवामा रही देश र जनताको सेवा गर्दै पु¥याउदै आएको योगदानको कदर गर्दै दोसल्ला ओढाई सम्मान पत्रवाट सम्मानित गरीएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य दिदै शिक्षा शाखा प्रमुख राजकिशोर झा ले कर्मचारी वडाका पदाधिकारी हरुद्वारा स्वस्फुर्त रुपमा आयोजित उपरोक्त कार्यक्रमले राष्ट्र निर्माणमा कर्मचारीको भुमिका र वहन गर्ने गरेको जिम्मेवारीका वारेमा आफु आज पुर्ण रुपमा जानकार भएको महसुस गरेको वताएका थिए ।

सो कार्यक्रममा वडा अध्यक्ष शम्भु प्रसाद यादव ले कर्मचारीहरुले आफ्नो समाज र वर्ग उपरको चिन्तन र संवेदनशिलताले आफुलाई वडाको विकास गर्न गराउन थप उर्जा मिलेको बताए । उनले पिपरा गाउँपालिकाको विकास यात्रा र समृद्घीको रेखांकनको लागी कर्मचारीहरुलाई सदैब तयार रहन अनुरोध समेत गरे । उनले वडा स्थित सम्पूर्ण कार्यालयहरुसँग सहकार्य गर्न तत्पर रहेको हुँदा कर्मचारी समाजको विकासको लागी वडा कार्यालय हर सम्भव सहयोग गर्ने प्रतिवद्घता व्यक्त गरे ।
सोही कार्यक्रमा श्री मा बि सहोडवाका प्र.अ. तेजनारायण यादवले कार्यक्रममा स्वागत मन्तव्य दिएका थिए भने ,शिक्षक प्रमोद यादवले कार्यक्रम संचालन गर्नु भएको थियो ।

आर्थिक वर्ष: